१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किंदै गइरहेकै बेला आज शनिबार सचिवालय बैठक बस्दै छ ।

पार्टी विवाद समाधान गरी सहमतिमै अघि बढ्न नेताहरूले दबाब दि“दै आए पनि दुबै समूह एकअर्काविरुद्ध कडा रूपमा प्रस्तुत हुने रणनीतिमा रहेका छन् ।बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै आगामी २८ मंसिरको सचिवालय बैठकमा ‘एकल राजनीतिक’ प्रस्ताव पेस गरेपछि विवाद झन् चर्किंदै गएको छ ।विवादबीच गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाईएको आरोपबारे स्पष्ट पार्ने र राजनीतिक प्रस्ताव पेस गर्न समय माग गरेपछि बैठक १० दिनका लागि स्थगित भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्ने गृहकार्यमा रहेका छन् ।अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ओलीले ‘आरोपपत्र’को संज्ञा दिँदै आएका छन् । आफूनिकट नेतालाई ललितपुरस्थित दाहाल निवास खुमलटारमा पठाएर ओलीले सो प्रस्ताव फिर्ता लिन दबाब दि“दै आएका छन् ।

तर, दाहाल प्रस्ताव फिर्ता नलिई बैठकमा छलफल हुनुपर्ने अडानमा छन् । प्रस्तावका साथै ओली र दाहालबीच भएको पत्र अदानप्रदानलाई पुस्तकका रूपमा प्रकाशन गरी तल्लो कमिटी नेताहरू अध्ययनका लागि पठाइसकेका छन् ।दाहालको आरोपपछि ओलीले पनि कडा रूपमा जवाफ दिने तयारी गरेका छन् । दुई सातायता ओली र दाहालबीच संवादसमेत नभएको अवस्थामा पार्टीभित्रको विवाद झनै बढ्दै गइरहेको देखिएको छ । नेकपाभित्रको शक्ति संघर्षले पार्टी नै विभाजननजिक पुगेपछि ओली र दाहालबीच संवाद गराउने प्रयास भएको छ ।ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताले दुई अध्यक्षबीच संवाद गराउने प्रयास गरिरहेका छन् । सचिवालय बैठकअघि नै उनीहरूबीच छलफल गराउने तयारी भएको स्रोतले दावी गरेको छ ।‘सचिवालय बैठकअघि नै दुबै अध्यक्षबीच छलफल गराउने र सहमतिसाथ अगाडि बढ्ने विषयमा गृहकार्य भइरहेको छ,’ स्रोतले भन्यो, ‘अहिले दुबैले आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने प्रयास गरेकाले अवस्था गम्भीर नै रहेको छ ।’अध्यक्षद्वयबीच बढ्दै गइरहेको दूरीका कारण पार्टी फुटनजिक पुगेको स्पष्ट रहेको देखिन्छ । पार्टीमा विवाद बढ्दै गइरहेको अवस्थामा दुबै पक्ष आ–आफ्नै रणनीतिअनुसार अघि बढ्न खोज्नुले ‘राम्रो संकेत नभएको’ टिप्पणी गरिन थालिएको छ ।

‘कुनै पनि समस्या समाधान वार्ता एवं छलफलबाटै हुन्छ, दुबै अध्यक्षबीच छलफल गराउने प्रयास गर्दैछु,’ नेम्वाङले भने, ‘आशा गरौं, दुबै अध्यक्षबीच छलफल भएर विवाद समाधान गरी मिलेरै अघि बढ्छौं ।’गत २८ कातिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको, पार्टीमा गुटबन्दी गरेकोलगायत गम्भीर आरोप लगाएपछि विवाद चर्किंदै गएको हो ।

नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका सचिवालय नेताको समर्थनमा दाहालले प्रस्ताव पेस गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]