२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको छ । आजदेखि शुरु भएको तीन खेलको एकदिवसीय खेलको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो ।
अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै ३०८ रन मात्र बनाएपछि खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो ।

भारतका लागि हार्दिक पाण्डेय शतकबाट चुक्दै ९० रन बनाएर एडम जाम्पाको बलमा आउट भएका थिए । हार्दिकले ७६ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शिखर धवनले ७४ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१, नवदीप सैनीले २९, मोहमद सामीले १३ रन बनाएका थिए । त्यस्तै केएल राहुल १२, श्रेयस अय्यर २ र जसप्रित बुमराह शुन्यमा आउट भएका थिए ।

अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिए भने जोस हजेलवूडले ३ विकेट तथा मिचेल स्टार्कले एक विकेट लिएका थिए ।

यस अघि अस्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र स्टिभ स्मिथले शतकीय पारी खेलेका थिए ।

फिन्चले ११४ रन बनाएर आउट भएका थिए । फिन्चले १२४ बल खेल्दै ११४ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी डेविड वार्नर ६९ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिस शुन्यमा आउट भए भने मार्नस लाबुसचांगेले २ रन तथा एलेक्स केरीले १७ र पाट कमिन्सले अविजित १ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर मोहमद सामीले ३ विकेट लिए भने जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

तीन खेलको सिरिजमा दोस्रो खेल नोभेम्बर २९ मा सिड्नीमै हुने छ भने तेस्रो तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुने छ ।

एकदिवसीय सिरिज पछि भारतले अस्ट्रेलियासँग ३ टी-२० तथा ४ टेस्ट खेल खेल्दै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]