०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – संघीय संसद र प्रदेश सभा सञ्चालनका अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संघीय संसद भवनमा शुक्रबारदेखि शुरू भएको छ।

संघीय संसद सचिवालयको आयोजनामा भएको दुई दिने कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरे।कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताए। प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने भन्दै उनले भने, “संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो।”सभामुख सापकोटाले संसदका समितिहरू बढी सक्रिय हुनुपर्ने भन्दै संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानून निर्माण हुने बताए। उनले संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको दाबी पनि गरे।

संघीय तथा प्रदेश सभामा सभामुख र उपसभामुखबीच आन्तरिक रूपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने सभामुख सापकोटाको भनाइ छ।‘कोभिड-१९ का कारण अब संसदका गतिविधि रोक्न हुँदैन’ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे।संघले बनाउनुपर्ने कानून नबन्दा प्रदेशहरू समस्यामा परेको र प्रदेशले बनाउनुपर्ने कानून नबनाउँदा स्थानीय तहहरू समस्यामा परेको भन्दै बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीय तहमा चाँडै पुर्‍याउनुपर्ने बताए। यसमा कानून मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ अवस्था बारेमा अनुमान गर्न नसकिने भएकाले अब यससँगै अभ्यस्त हुँदै जानुपर्ने बताए। संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको बताए।कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदको यो अवधिमा कति कानून निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति काम भयो भनेर संघ र प्रदेश संसदहरूले समीक्षा गर्नुपर्ने बताइन्।संसदबाट बनाइएका कानून तल्लो स्थानीय तहसम्म लैजान सके मात्रै जनतामा राम्रो सन्देश जाने बताइन्। अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख र उपसभामुख तथा प्रदेश-२ का उपसभामुख भर्चुअल माध्यमबाट सहभागी भएका छन् भने अन्य प्रदेशका सभामुख र उपसभामुख कार्यक्रममा सहभागी छन्।

छलफल कार्यक्रममा संघीय संसदका महासचिव भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल तथा सचिवालयका सचिवहरू सहभागी छन्। आज दिनभरको अन्तरक्रियापछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम सकिने संसद सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]