
काठमाडौं – चितवन टाइगर्सविरुद्ध भैरहवाका प्रदीप ऐरीले अर्धशतक प्रहार गरेका छन् । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याइ रहेको भैरहवाका लागि प्रदीपले अर्धशतक प्रहार गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २८ खेल्दै उनले ५ चौका र ३ छक्का प्रहार गरेका हुन् । प्रदीपको यो सिजनको पहिलो अर्धशतक हो । प्रदीपसँगै क्रिजमा रहेका तमिम इकवालले ३८ रन बनाएका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो ।