२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १६, २०७८

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ मा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि १–० को जित निकालेको हो।नेपाललाई जित दिलाउन सब्सिच्युट खेलाडी मनिष डाँगी नायक बने। उनले खेलको ८६औं मिनेटमा माल्दिभ्सका डिफेन्डरलाई झुक्याउँदै उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएका हुन्।खेल अवधिभर घरेलु टोली माल्दिभ्समाथि हाबी भएको नेपालमाथि माल्दिभ्स गोल गर्न चुकेको थियो। उसका लागि ७९ मिनेटमा हसन नाइजले सिक्स यार्डबाट पाएको अवसर गुमाएका थिए।यसअघि उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले १–० गोलले खेल आफ्नो पक्षमा पारेको हो। साफ च्याम्पियसिपमा यसपटक कोरोना महामारीका कारण भुटानले सहभागिता जनाएको छैन। त्यस्तै फिफाको प्रतिबन्धका कारण पाकिस्तान खेलबाट बञ्चित भएको छ।

हल नेपालसहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स खेलिरहेका छन्। यी पाँच टोली एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। हालसम्म फाइनल पुग्न नसकेको नेपालको लक्ष्य फाइनल पुग्नु रहेको छ। अब नेपालले श्रीलंकासँग असोज १८ गते राति ९ः४५, २४ गते राति ९ः४५ मै भारत र बंगलादेशसँग २७ गते अपराह्न ४ः४५ मा खेल्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]