१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – बलिउडमा पछिल्लो समय दुई फिल्म निर्माताबीच विवाद बढेको छ। निर्माता मधुर भंडारकरले अर्का निर्माता/निर्देशक करण जौहरमाथि आफ्नो फिल्मको टाइटल चोरी गरेको आरोप लगाएका छन्। करणले पनि माफी माग्दै आरोपको खण्डन गरेका छन्।

करण जौहरको नयाँ शो ‘द फैबुलस लाइव्स अफ बलिउड वाइव्स’ केही दिनमा प्रदर्शनमा आउँदैछ। तर त्यसअगावै यो सिरिज विवादमा परेको छ। मधुर भंडारकरले ट्वीटमार्फत करणमाथि नाम चोरी गरेको आरोप लगाएपछि सिरिज विवादमा तानिएको हो।आफूले ‘बलिउड वाइव्स’ नाम नराख्न अनुरोध गर्दागर्दै करण जौहर र अपूर्वा मेहताले राखेको उनको आरोप छ। उनले यसै नाममा आफ्नो एक प्रोजेक्ट प्रदर्शनको तयारीमा रहेको समेत बताएका छन्।

मधुरको आरोपपछि करणले स्पष्टिकरण दिएका छन्। उनले मधुर भंडारकरसँग माफी माग्दै दु:ख दिने नियत आफ्नो नभएको स्पष्ट पारेका छन्।‘हाम्रो सिरिजको नयाँ नाम फैबुलस लाइव्स अफ बलिउड वाइव्स राखिएको छ। यो एकदमै फरक टाइटल हो। यसकारण मैले सोचेको थिइन कि तपाई नराम्रो लाग्नेछ। तर म तपाईलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो सिरिजको फर्म्याट, कथा र टाइटल सबै कुरा भिन्न छ। यसले तपाईको कामलाई प्रभावित गर्ने छैन। म आशा गर्छु कि हामी यो विवादबाट अगाडि बढ्नेछौं,’करणले भनेका छन्।

मधुर भंडारकरले करणलाई माफी दिएका छ्न्। यद्यपि अझै आफ्नो असहमति रहेको कुरा ट्वीटरमा लेखेका छन्। करणको टिमले केही नियमहरुको पालना नगरेको र आफ्नो असहमतिलाई नजरअन्दाज गरेकोमा उनको असन्तुष्टि छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]