सप्तरी – राजबिराज नगरपालिकामा अाज दाेस्राे दिन पनि बालबिकास शिक्षक तथा कर्मचारीहरु नगरपालिकाको कार्यालय अगाडि ३ घण्टा धर्ना बसेका छन् । सरकारले घोषणा गरेअनुसारको तलव नदिएको भन्दै उनीहरु घर्ना बसेका हुन् ।
सप्तरीको राजविराज नगरपालिका अन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत रहेका बालविकासका शिक्षिकहरु, कार्यालय सहयोगीसँगै प्राविधिक ग्रेडबाट छुट भएका कार्यरत तथा अवकाश प्राप्त शिक्षकहरू धर्नामा सहभागी रहेका छन् ।सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुकालागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि हामीलाई सोही अनुरुप तलव नदिंदा धर्नामा बसेको नेपाल शिक्षक संघ राजविराजको अध्यक्ष विभा झाले बताईन । उनलेे ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था रहेको बताईन ।
स्थानीय सरकारले तोकिएअनुसारका मासिक तलब उपलब्ध नगराएसम्म असोज ११, १२ र १३ गते १० बजेदेखि १ बजेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनलेे बताइन् ।स्थानीय तहले ७ हजार रुपैयाँ दिन आनाकानी गर्दै आएकोले हामीहरु धर्नामा बसेको आन्दोलन संघर्ष समितिको भनाइ छ । सरकारले तोकेको बमोजिम मासिक तलब नदिए तथा नगरपालिकाबाट कुनै प्रतिक्रिया नआएसम्म अर्को चरणबद्वा आन्दोलनमा उत्रिने जनाइएको छ ।
यता शिक्षकहरुले उठाएका माँग सम्बन्धमा नगरपालिकाको तर्फबाट पहल भईरहेको राजविराज नगरपालिकाको शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले जानकारी दिए ।