२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १०, २०७८

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ।

आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ। मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा राति ९ः५० बजेतिर अचानक आगलागी भएको हो। प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर मात्रै आगो नियन्त्रणमा लिइएको उनले बताए। आगलागीको कारण खुल्न सकिरहेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीमा ७० लाख रूपैयाँ बराबरको क्षति भाएको डीएसपी श्रेष्ठले बताए।

आगलागीमा परेर मिल सञ्चालन गरिएको दुईवटा कोठा, दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]