२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

बझाङ – खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरूबाट एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको खप्तड राष्ट्रिय निकुञ्जका खरिदार बर्क सुनारले जानकारी दिए ।

उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढी भन्ने ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको बयान लिने काम भइरहेको बताउँदै उनले आवश्यक कानुनी कारबाहीका लागि जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत अभियोग दर्ता गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]