११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

चन्द्रौटा – कपिलवस्तुबाट अवैध रुपमा भारत लैजान लागेको केराउ प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको जनाएको छ ।

गएराती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बरावरको केराउ प्रहरीले बरामद गरेको छ । प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिकाको वडा नं. १ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्लामन्डीदेखि अवैध केराउ सहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

भण्डारीकाअनुसार नेपालमा सामाग्री ढुवानी पछि खाली जानु पर्ने भए पनि निर्यात प्रतिबन्ध लागेको मटर लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताए । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लैजाने तयारी भइरहेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]