१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

सप्तरी – दशै, तिहारलाई लक्षीत गरी संयुक्त वजार अनुगमन टोलीले बुधवार देखि बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ ।

अनुगमन टोलीले बजार अनुगमनको पहिलो दिन नै सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुर बजारका दुई  व्यवसायीलाई २५ हजार जरिवाना गर्दै म्याद गुजे्रका ठुलो मात्रामा बरामद सामानहरु तत्कलै नष्ट गरेको छ ।कल्याणपुर बजार स्थित रहेको अमित टे«डर्स एण्ड खरिद विक्रि पसलमा चेकजाँच गर्दा म्याद गुज्रेका खाने तेल ४५ लिटर., ग्लुकोज, कबिर छाप खैनी, बुलबुल सुपारी र शाहि विरयानी मसाला फेला परेको र फेला परेका सामग्रीहरु पसलेको रोहवरमा तत्कालै नष्ट गरी रु. ५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले बताउनु भयो।

यसैगरी सोहीक्रममा शिव किराना ट्रेडर्समा चेक जाँच गर्दा म्याद गुज्रेका वियर ३५ बोतल, विकाजी र अमिता भुजीया ११ पाकेट, चिसो पेय पदार्थ ६ बोतल पूर्णिमा मिट मसाला १ सय ४४ पाकेट, ग्लुकोज, बन्जोर अरेन्ज जुस फेला पर्दा सो पसललाई २० हजार जरिवाना गरिएको र सामान तत्कालै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका नासु अजय कुमार मण्डलले बताउनु भयो ।त्यसैगरी सोही टोलीले मे. १ च १९२२ नंं को पिकअपमा विना लेवलको पानीको जार राखी विक्रि वितरण गरिरहेको फेला पारी गाडीमा रहेको २१ जार तत्कालै स्थानियवासीहरुको उपस्थितिमा नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका आकाश चौधरीले बताउनु भयो।बरामद विना लेवलको पानीको जार खडक नपा ५ खरचुहिया स्थित निर्मल जल उद्योगको रहेको बताईएको छ।अनुगमन टोलीले स्थानिय आर.एन. जेनरल स्टोर, जय शंकर ट्रेडर्स, रामचन्द्र किराना पसल समेतमा चेकजाँच गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहको नेतृत्वमा खटेको सो टोलीमा खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालयका प्रमुख सुरेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालय सप्तरीका नासु. अजय कुमार मण्डल, करदाता सेवा कार्यालय राजविराजका सुभाष चन्द्र सुमन, घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका आकाश चौधरी, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गौरी शंकर साह, राष्ट्रिय उपभोक्ता मंच सप्तरीका अध्यक्ष राजकुमार गुप्ता, रोशन कुमार यादव, विरेन्द्र प्रसाद चौधरी लगायत पत्रकार तथा स्थानिय प्रहरीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]