२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् ।

अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले रातोपाटीलाई बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने ।मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन । यादवले आज जसपाको कुनै बैठक नरहेको बताए ।यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै खारेज हुने उनको भनाइ छ । ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ,’ यादव भन्छन् ‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।’

केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]