०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

काठमाडौं – एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन आवश्यक नभएको बताएका छन्।

सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज (आइतबार) आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्दा बृहत् रूपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताएका हुन्।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा बनाइएकाे भए पनि वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हुँदा यो पृथक रहेकाे बताए।नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले दुःखका साथ, समझदारीका साथ बनाइएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताबारे कुनै पार्टीको छलफलको अंग नबनेको उनले स्पष्ट पारे। ‘कसैको पनि यस्तो एजेन्डा छैन,’ उनले भने, ‘खाली यो त चर्चाको विषय मात्र हो, त्यसतर्फ कुनै सम्भावना छैन।’ उनले संविधान बनाउँदाका क्षण स्मरण गर्दै नेपालको नाम र झन्डा फेर्नेसम्मको प्रस्तावआएको स्मरण गरे। तर व्यापक छलफलबाट संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी व्यवस्था भएको संविधान पारित गरी लागु गरिएको उनले बताए।

उनले अहिलेको संविधान जसरी बनाइएको छ, योभन्दा उत्कृष्ट विधि अरु नभएको जिकिर गर्दै उनले लखन थापादेखि जनजाति, मधेस आन्दोलनको परिणामस्वरूप अहिलेको संविधान आएको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]