११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

सप्तरी – आज असोज ३ अर्थात संविधान दिवस । ६ वर्ष अघि आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।

राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाउन सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको दिएको छ । यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय सरकारले गरेको थियो । तराइ मधेशमा चलिरहेको आन्दोलनको बाबजुद दोश्रो संविधान सभाबाट २०७२ साल असोज ३ संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो। तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । संविधान दिवसका दिन घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले अनुरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहने छ।

लोसपा कालो दिवस मनाउँदै

यता तर्राइ मधेशमा भने नवगठित लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आजको दिनलाई कालोदिवसको रुपमा मनाउने निर्णय गरेको छ । तराई मधेशमा लामो आन्दोलनका बाबजुद मधेशीको जनभावना र अधिकार विनाको संविधान जारी भएको भन्दै तराई मधेशमा संविधान दिवसमा कालो दिवस समेत मानाउने गरिएको छ । लोसपाले तराईका मधेशका सदरमुकामहरुमा विभिन्न नाराजुलुससहित संविधानको विरुद्ध नाराबाजी गरर कालोदिवस मनाउने निर्णय गरेको हो ।

जसपा तटस्थ, प्रदेश सरकार मौन

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । प्रदेश २ सरकारले समेत संविधान दिवसमा कुनै कार्यक्रम नगर्ने मुख्यमन्त्री लालबाबु राउतले बताए । संविधानमा भित्रै रहेर सरकारको नेतृत्व गरिरहको, तर त्यसभित्र रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने मुख्यमन्त्री राउतको भनाइ छ । उनले संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन बस्ने बताए ।

कर्मचारीले सरसफाई गरी संविधान दिवस मनाउँदै

प्रदेश सरकारका कर्मचारीहरु भने सरसफाई गरी संविधान दिवस मनाउन लागेका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीले कार्यालय र परिसर सरसफाई गरी संविधान दिवस मनाउने कार्यक्रम रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]