१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विगत डेढ सात्तादेखि नहुँदा कार्यालयमा आउने सेवाग्राहीहरु दैनिक कामकाज गराउँनबाट बन्चित भएका छन ।

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा विगत डेढ सात्तादेखि कार्यालयमा नआउँदा अहिले सो गाउँपालिकाका अवस्था लथालिङ्ग बनेका छन भने कार्यालयमा दिनहुँ सयौ सेवागा्रहीहरु अधिकृत नहुँदा दैनिक अत्ति आवश्यक कामकाज गराउँनबाट बन्चित समेत भएका छन ।

अधिकृत बिना जानकारीको रवाना लिएर गएपछि अहिले सो गाउँपालिकाको अवस्था दयनिय हुनुका साथै गाउँ सभा समेत अन्यौल अवस्थामा पुगेको छ । बिना गाउँ अथवा नगर सभाको कुनै पनि स्थानीय तहले कुनै आर्थिक कामकाज गर्न नसकिने व्यवस्था स्थानीय सरकार संचालन ऐनै उल्लेख भएकाले राजनितिक खिचातानी तथा कोभिड १९ अर्थात कोरोना महामारीमा भएको खर्चको विवरणको हरहिसाव जनप्रतिनिधिहरु बिचनै नमिलेका कारणले अहिलेसम्म छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा हुन नसकेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार कोभिड १९ अर्थात कोरोना महामारीको नाउँमा छिन्नमस्ता गाउँपालिकामा झण्डै २० करोड भन्दा बढी बजेट खर्च भएको तथा सोही बजेटको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधिहरुबिच हिसाव मिलान नभएकै कारणले अहिलेसम्म गाउँ सभा अन्यौन अवस्थामा पुगेको छ

यस्तै अधिकृत नभएका कारण तथा निमित्त अभिकृत कुनै कर्मचारीलाई लिखित रुपमा नदिदा लघुवित कार्यक्रमको झण्डै २० लाख रकम फ्रिज हुने अवस्था रहेको गाउँपालिकाकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नहुँदा दैनिक सिफारिस ,संघ संस्था दर्ता ,नविकरण लगायतका अत्ति आवश्यक कामकाज प्रभावित बनेका कारणले दिनहु सयौं सेवाग्राहीहरु गाउँपालिका अँएर पनि रित्तै हात घर फर्किे गरेको अवस्था रहेको छ । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा हाल गाउँपालिकामा अधिकांश कर्मचारीहरु नआउँने गरेको छ ।

यसैबिच सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल कुरुडले राजनितिक खिचातानी तथा विभिन्न कारणवस हालसम्म गाउँ सभा हुन नसकेको तथा अधिकृत समेत हालसम्म कार्यालयमा नहुँदा गाउँ सभा हुन नसकेको बताउँदै उहाँले छिटै नै गाउँ सभा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]