२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

इटहरी – सुनसरीको दुहबी नगरपालिका ९, छापबेलीमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँको जय बाबा इटा भट्टामा कार्यरत भारतीय नागरिक रघुपुल इस्लामकी छोरी ९ वर्षीया ममिता इस्लाम रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार सोही इटा भट्टाको को १ ख ५४५१ नम्बरको ट्रिपरले ठक्कर दिँदा ममिताको मृत्यु भएको हो ।

दुर्घटना गराउने ट्रिपर र त्यसका चालक धनुकटाको शहीदभूमि–४ का ३० वर्षीय हेमराज राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]