११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो ।

तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।संविधान जारी गर्दा तत्कालीन मधेशवादी दलहरू सहभागी भएनन् । उनीहरूको सहभागिता बिना नै संविधान अत्याधिक बहुमतले जारी गरिएको थियो । तर, यसलाई अस्वीकार गर्दै मधेशवादी दलहरूले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।यसवर्ष पनि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनको रुपमा मनाउन पार्टी मातहतमा सर्कुलर जारी गरेको छ ।पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् ।

सर्कुलरअनुसार नै विरोध कार्यक्रम हुने लोसपाका कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लालले न्युज कारखानालाई बताए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा नै मनाएको बताउँदै आफुहरूले संविधान संशोधनलगायका मुद्दाहरू सम्बोधन नभएसम्म कालो दिनको रुपमा नै मनाउने उनले बताए ।‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीहरूले उठाएको मांगलाई सम्बोधन गरेर संविधान दिवसको उत्सावमा हामीहरूलाई सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन । यसर्थ हामी कालो दिनको रुपमा मनाउन बाध्य छौँ’, उनले भने ।संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जसपा संघीय सत्तारुढ गठबन्धनमा आवद्ध छ । संघीय सरकारमा सहभागिताको तयारीमा रहेको जसपा यसवर्ष अलमलमा परेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आफूहरूको संविधानप्रतिको असन्तुष्टि कायमै रहेको कारण संविधान संशोधनको लागि संर्घष जारी रहेको बताए । असन्तुष्टिकै कारणले आफूहरू संविधान जारी भएको दिनको उत्सावमा सहभागिता जनाउने नसक्ने उनको भनाइ छ । दुई तिहाइ बहुमतको अभावको कारण संविधान संशोधन हुन नसकेको मुख्यमन्त्री राउतले बताए ।यसअघि पनि जसपाले विरोध कार्यक्रम गर्दा कुनैपनि मन्त्रीहरू सहभागि भएका थिएनन् । यसवर्ष पनि मौन बस्ने प्रदेशका कृषि तथा सहकारी मन्त्री विजय यादवले बताए । ‘विगतमा जसरी संविधान दिवसको दिन मौन बस्ने गरेका थियौँ, यसवर्ष पनि मौन नै बस्छौँ’, मन्त्री यादवले न्युज कारखानासँग भने ।तर, पार्टीको शीर्षनेताहरूबाट केही निर्णय भने भइसकेको छैन । लोसपाले सर्कुलर जारी गरेर कालो दिनको रुपमा मनाउन निर्देशन दिए पनि जसपा भने अलमलमा देखिन्छ । व्यक्तिगत रुपमा नेताहरू कालो दिवसको रुपमा मनाउने वा मौन बस्ने तयारीमा रहे पनि पार्टीगत रुपमा सजपाबाट कुनै निर्णय भएको छैन । ‘कार्यकर्ताहरूले संविधान दिवसको दिन के गर्छन्, त्यो आफूलाई थाहा छैन’, मन्त्री यादवले भने ।

यसअघि यादव समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष थिए । दुई वर्षअघि उपेन्द्र यादव संघीय सरकारमा मन्त्री हुँदा कालो दिनको रुपमा मनाउने विज्ञप्ति सार्वजनिक गरिएको थियो । गतवर्ष पनि जसपाले कालो दिनको रुपमा मनाएका थियो । तर, प्रदेश २ का मन्त्री विरोध कार्यक्रममा सहभागी भएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]