२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताएका छन् ।

बिहीवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताएका हुन् ।मन्त्री मानन्धरल प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताए । जनताले वश्विास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताए। जनताले पाँच वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गरे । पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गरे ।जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण र समानुपातिक वकिासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताए ।मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए। सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केहि समस्या देखिनु स्वभाविक भएको बताए। लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुनेवितिक्कै नेपाल ल्याउनेगरी सरकारले कार्यदलमार्फत् काम गरीरहेको बताए ।मन्त्री मानन्धरले कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजनय नेपालका प्राकृतिक उपजहरुको उपयोगमा जोड दिन पनि आम साधारणलाइ आग्रह गरे ।

कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्याएका विभन्नि व्यक्तत्वलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]