१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार रियल म्याड्रिडसँग हार बेहोरेपछि इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले स्पेनिस टोलीको प्रशंसा गरेका छन् ।

समूह चरणको चौथो खेलमा रियल म्याड्रिडले २-० को जित हासिल गरेपछि कोन्टेले रियल म्याड्रिड फरक स्तरको टोली रहेको अभिव्यक्ति दिएका हुन् । पहिलो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अग्रता दिलाएपछि दोस्रो हाफमा रोड्रीगोले गोल गर्दै जित पक्का गरेका थिए । रियलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेपनि लगातार जितसँगै लय समातेको छ ।कोन्टेले यसैपनि रियल बलियो टोली भएकोमा भिडालको रातो कार्ड खाएपछि खेलमा फर्कन निकै कठिन भएको बताए । ‘रियल म्याड्रिडजस्तो ठूलो क्लबविरुद्ध खेल्नु कठिन हुन्छ । तर जब एक गोल खाएपछि एक खेलाडी कम हुन्छन्, त्यो असम्भव जस्तै हुन पुग्छ,’ कोन्टेले भने ।

‘हामीले आजको खेलमा रियल र इन्टरबीच फरक प्रष्ट देख्यौं । यसले हामीलाई असर गर्नु भने हुन् । यसले हामीलाई बाटो देखाएर आफ्नो कमजोरी सुधार्ने अवसर दिएको छ । हामीले अझै कडा मिहिनेत गरेर अघि बढ्न जरुरि छ ।‘हामी आक्रमणमा कमजोर टोली होइनौं । तर डिफेन्समा कमजोरी हुँदा गोल खाएपछि हाम्रो खेलमाअसर परेको छ । हामीले यो अवस्थाबाट उठ्न सिक्नुपर्छ । म्याड्रिडमा भएको खेलमा २-० ले पछि परेपनि हामी पुनरागमन गर्न सफल भएका थियौं । तर हिजो गोल खाएपछि १० खेलाडीमा समेटिन पुग्दा हामी माथि उठ्न सकेनौं ।’

‘रियलले पछिल्लो केहि वर्षयता च्याम्पियन्स लिगमा दबदबा कायम गरेको छ । हाम्रो खेल्ने शैलीमा समस्या होइन, मैले खेलाडीहरुलाई पनि धयावाद दिएको छु । हार र जित खेलको स्वभाविक पाटो हो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]