०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ। उनले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भनेका हुन्। ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’ माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए। माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरूलाई पहिलो पार्टी बनेर जवाफ दिएको उनको भनाइ थियो। उनले देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझेको दाबी गरे। यो कुरा दह्रोसँग जनतालाई बुझाउने हो भने देशको नेतृत्व फेरि माओवादीले गर्ने उनले बताए।

‘सबैभन्दा धेरै मन्त्री बनाउने पार्टी माओवादी नै भयो,’ उनले भने, ‘तर राम्रोसँग देशको नेतृत्व लिन पाइएन।’ उनले गठबन्धनलाई पनि बचाउनुपर्ने बताए।
गठबन्धनबाट दुई तिहाइको सरकार बनाउन सकिने उनले बताएका थिए। ‘जनताले कुरा बुझेका छन्। तर हामीले पनि आफूलाई बदल्नुछ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]