०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

काठमाडौं – काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वाहनामा कुटपिट गर्दै यातना दिइएको हो । यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भु ठूलो भ-याङमा धामी काम गर्ने दीपेन्द्रकुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार झारफुक गर्ने निहुँमा थिङको घरमा ती महिलामाथि कुटपिट भएको हो । ती महिलालाई दशनारायणको सहयोगमा धामीकहाँ पु¥याइएको थियो ।

यातना दिनेहरू विरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐनअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]