१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीको बाबजूद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट प्रतिस्थापन विधेयकमाथि स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । शुक्रवार प्रतिनिधि सभामा पेश भएको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अहिले सैद्धान्तिक छलफल चलिरहेको छ । एमालेको नाराबाजीका बाबजूद सभामुख सापकोटाले छलफलमा बोल्न समय दिए ।

छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिए । उनले विधेयकमाथि भन्दा एमसीसीको विरोधमा समय खर्चिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २३ गतेदेखि नै प्रतिनिधि सभामा नाराबाजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]