११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

मुगु – जिल्लाका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ । यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन् । बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको संख्या बढेको छ ।

जिल्ला अस्पतालमा दिनमा ७० जनासम्म बिरामी आउने गरेकामा ५० जना बालबालिका छन् । जसमध्ये ५० प्रतिशत बालबालिकालाई ज्वरो र निमोनियाको लक्षण रहेको डा. डबल मल्लले बताए ।‘एक्कासि बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘उपचारका लागि आएकामध्ये सबैजसो ज्वरो र निमोनियाका छन् ।’ उनले ५ वर्षमुनिका बालबालिका यी समस्याबाट बढी प्रभावित भएको पाइएको बताए । पछिल्लो समय वर्षासँगै चिसो बढेपछि बिरामी बढेको उनको भनाइ छ । धमाधम बालबालिका बिरामी हुन थालेपछि उपचारमा चुनौती देखिएको छ ।

केही बालबालिकामा रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या पनि देखिएको जिल्ला अस्पतालले जनाएको छ । एक साताअघि अस्पतालमा भर्ना गरिएका एक ५ महिने शिशुको ज्यान गएको थियो । १० महिने शिशुलाई नियोनिया भएपछि जिल्ला अस्पताल ल्याएको सोरु गाउँपालिका कालैकी बाँचु सुनारले बताइन् । ‘चार दिनसम्म अस्पतालको इमर्जेन्सीमा राखिए पनि अझै स्वास्थ्यमा सुधार आएको छैन,’ उनले भनिन्, ‘गाउँमा पनि घरैपिच्छे बालबालिका बिरामी छन् ।’ उनले गाउँमा ज्येष्ठ नागरिक र युवा पनि ज्वरोले थलिएको बताइन् ।भदौ लागेदेखि सबै शय्या बालबालिकाले भरिएको जिल्ला अस्पतालले जनाएको छ । मुगु अस्पतालमा अहिले १५ शय्यामा बिरामीको उपचार भइरहेको छ । ‘बेडमा ठूला मान्छे बिरामी छैनन्,’ डा. मल्लले भने, ‘सबै बेड बालबालिकाले नै भरिएका छन् ।’ बिरामी बालबालिकाको संख्या बढेपछि अस्पतालमा औषधिको अभाव हुन थालेको अस्पतालकी अनमी सावित्रा मल्लले बताइन् । ‘दिनदिनै औषधिको मौज्दात सकिँदै गएको छ,’ उनले भनिन्, ‘यस्तै बिरामी थपिए एक हप्तामै अस्पताल औषधिविहीन हुन्छ ।’

बालबालिकामा ज्वरो र निमोनिया बढेपछि एक साताअघि करिब ५ लाख रुपैयाँको औषधि खरिद गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । ‘यो पटक निमोनिया र भाइरल ज्वरोले अधिकांश बालबालिका थलिएका छन्,’ उनले भने, ‘विगतका वर्षहरूमा यसरी बालबालिका ठूलो संख्यामा बिरामी भएको रेकर्ड नै थिएन ।’ बिरामी बालबालिका बढ्दै गएकाले तत्काल विद्यालय सञ्चालन गर्दा अवस्था जटिल हुन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]