११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

सप्तरी – राज्यकै अति नै सिमान्तकृत वर्गमा पर्ने मुसहर समुदायका १० देखि १८ बर्ष उमेर समुहका किशोरीहरुका लागि शिक्षामा पहुँच अभिवृद्धि ,जिवन उपयोगि सिप तथा आत्मनिर्भर बन्नका निम्ती जिविकोपार्जनका लागि आयमुलक व्यवसाय संचालन गर्ने उदेश्यले यु के एड को आर्थिक सहयोग, स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग तथा असमान नेपाल, जवास नेपाल र सहास नेपालको संयुक्त साझेदारीमा संचालित Marginalized No more परियोजना संचालनमा रहेको छ ।

विगत २ बर्ष देखि संचालनमा रहेको यस परियोजनाले पहिलो कोहोर्टको ३९ वटा केन्द्रका १५ देखि १८ बर्ष उमेर समुहका ५३१ जना किशोरीहरु ले व्यवसायहरु अहिले संचालनमा ल्याएको छ । जस अन्र्तगत दोस्रो कोर्हटमा सप्तरी जिल्लाका १३ वटा पालिका अन्र्तगत ५९ वटा सिकाई केन्द्रका १५ देखि १८ बर्ष उमेर पुरा गरेका व्यवसाय गर्न इच्छुक रहेका जम्मा ४६५ किशोरीहरु जिविको पार्जन कार्यक्रमका लागि छनोट भएका छन । जस अन्र्तगत आज राजविराज न.पा , छिन्नमस्ता गा.पा,विष्णुपुर गा.पा र राजगढ पालिकामा किरणा पसलको सामग्री ३७ जना, मनिहारा २० जना मोःमो व्यवसायका लागि ठेला ८ जना र अन्डा व्यवसायका लागि ग्यास सिलिन्डर तथा चुलहा सेट १४ जना लाई वितरण भएको हो ।


“घरमा कमाउने युवाहरु नहुँदा समस्या झेल्दै आएका परिवारलको किशोरीहरुले आयमुलक समग्री पाएपछि अनुहारमा खुशि देखिन थालेको छ” यस परियोजनाले जीविकोपार्जन कार्यक्रम अन्तर्गत सहयोगी हातहरुको समूहबाट द्रूतसिकाइ र जीवनोपयोगी शिक्षाको प्याकेज पूरा गरेका १५—१८ वर्ष उमेर समूहका मुसहर किशोरीहरुलाई जीविको पाजर्नका लागि आवश्य छनोट गरेको व्यवसाय अनुसारको न्यूनत पूँजी र आवश्यक सीप तथा समाग्रीहरुको सहयोग गरिन्छ ।

किशोरीहरुलाई आत्मर्निभर बनाउने उदेश्यले उनिहरुकै इच्छा अनुसारको व्यवसायहरु ल्याएको हो । जस अन्र्तगत किशोरीहरु परर्निभर नहुन, कसैको हिंसामा नपर्नु, लिंगको अधारमा हिंसा नहुनु, पैसाको लागि कसैको दासि नबनु, आम्दनि खर्च र बचतको विकास हुनु, व्यवसायिक योजना जस्ता कुराहरुमा चासो राख्नु र आत्मर्निभर बन्नु आदि उदेश्यले यो परियोजना संचालनमा आएको जानकारी सहास नेपालका जिल्ला संयोजक रमेश कुमार साह ले जानकारी दिनु भएको छ ।

जिविकोपार्जनका लागी छनोट भएका किशोरीहरुका लागि आयआर्जन गर्नका निम्ती उनिहरुले आफनो इच्छा अनुसार मागँ गरेका व्यवसाय सामग्रीहरु हाल उक्त सिकाई केन्द्रहरुमा उक्त किशोरीहरु लाई आज सामग्रीहरु वितरण गरिएको छ । जसमा मोःमो चाउमिन, किराणा पसल, मनिहारा, अण्डा व्यवसाय सामग्रि, हाँस पालन, खुकुरा पालन,कपडा खेलौना र तरकारी किनबेच जस्ता व्यवसाय सामग्रीहरु स्थानिय वडाका वाडा प्रतिनिधि तथा सरोकारवालाहरको उपस्थितिमा सहयोगी हाथ हरुको समुह (सहास नेपाल) द्धारा सप्तरी जिल्लामा वितरण गरीएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]