०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

काठमाडौं – काठमाडौंको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद बस्तु राखेर फिरौती उठाएको अभियोगमा पक्राउ परेका तीनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेको सीसी टीभी क्यामेरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी कार्य तीब्र पारेको थियो । अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको थियो । यस्तै प्रहरीले लागू औषध अफिम कारोवारमा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिका साथ २ केजी दुई सय २४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]