१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – झारफुकको नाममा बलात्कार गरेको आरोप प्रहरीले सिरहाको लहानबाट एक मुस्लिम धर्मगुरु मौलावी(हजरत)लाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको प्रहरीले जनाएको छ।

उनी लहानमा डेरा गरी बस्दै आएका थिए।उनीमाथि जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए। घटना मंगलबार साँझको भएको हो। लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवती मंगलबार समान्य विरामी पर्‍यो। उनी आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन लहान नगरपालिका- १० स्थित गुरुको डेरामा दिउँसो ३ बजेतिर पुगिन्। उनीसँग दुईजना बहिनी भाई र आफन्त पनि गएका थिए। धर्मगुरु(मौलवी)ले बहिनी भाईलाई बाहिर बस्न लगाए। युवतीलाई घरभित्र लगे।

पीडितका आफन्तका अनुसार त्यहाँ उनलाई झारफुकको नाममा बलात्कार गरे। युवती घर पुगिन्। धर्मगुरुले उनलाई ‘तिमीसँग शैतान(भुत) पठाउँदैछु। कसैलाई घटनाबारे सुनाए। शैतानले मारिदिने भन्दै धम्काए’ त्यो डरले उनी केही घण्टासम्म कसैलाई सुनाउन सकेका थिएन्। रक्तश्राव नरोकिदा र पीडा सहन नसकेर उनी साँझ ६ बजेतिर घरमा भएका आफन्तलाई सुनाईन्। त्यसपछि रिसाएका आफन्तहरुले मौलवीमाथि गालीगलौज गर्न मदरसा पुगे। त्यहाँ मौलवीको पक्षमा ठुलाबडा बचाउन लागेपछि प्रहरीमा पुगेका पीडितका आफन्तले सुनाए। त्यसपछि मौलवी बसेको ठाउँमा पक्राउ गर्न प्रहरी पुगे। त्यहाँ उनका समर्थकहरु अवरोध गर्न खोजेका थिए। मंगलबारै राती आरोपित मौलवी ३५ वर्षीय मोहम्मद अली हसनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य जाँच गराइएको छ। युवती अहिलेपनि अस्पतालमै उपचारमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपित मौलवी हसन मुस्लिम समुदायमा बिरामी परेकाहरुलाई उनी झारफुक पनि गरिरहेको थिए। झारफुकको नाममा अन्य व्यक्तिहरुलाई शोषण गरेको आशंका गरिएको छ।घटना बाहिरिएपछि पीडित पक्षलाई स्थानीय मुस्लिम समुदायका ठुलाबडाले मिल्न दबाब दिँदै आएको छ। ‘मौलवीलाई पक्राउ गर्न दिनुहुँदैन। हामी समाजमै मिल्नुपर्छ भनेर दबाब छ,’अन्नपूर्णसँग पीडित युवतीका एक आफन्तले भने,‘हामीले जघन्य अपराध गर्ने दोषीलाई कारबाहीको माग गरेका छौँ।’

सामाजिक दबाबले पीडित झन पीडित बन्दै गएको उनले दुखेसो पोखे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]