१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सप्तरी – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ अवस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा विद्यालय ब्यबस्थापन समिति गठनको विरुद्धमा अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

जनप्रतिनिधि र प्रधानाध्यापकले अभिभावक नभएका आफ्ना आसेपासेलाई सम्मिलित गराई समिति गठन गरेको भन्दै अभिभावकहरुले बिरोध जनाएका हुन् ।
विद्यालयमा भेला भएका अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति खारेजीको माग गर्दै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा नम्बर ७ का अध्यक्ष गुलाव प्रसाद सिंह र प्रधानाध्यापक बिपिन झाको पुतला दहन गरे । पुत्ला दहन गर्दै विद्यालयका अभिभावक उपेन्द्र प्रसाद यादवले गोप्य रुपमा गठन भएको समितिलाई खारेज गर्नुपर्ने बताए । यस सामुदायिक विद्यालयमा गरिवको छोराछोरी पढिरहेको छ तर गरिव बिपन्न परिवारका अभिभावकलाई समितिमा नराखेर जनप्रतिनिधिको आफ्नो आसेपासेलाई राखेर समिति गठन गरेको उनले बताए ।

नवगठित समितिमा रहेको पदाधिकारीको छोराछोरीहरु राजबिराज, हनुमाननगर, बिराटनगर काठमाडौंसहितका संस्थागत विद्यालयमा पढिरहेको अभिभावकहरुले जानकारी दिएका छन् । समितिमा बस्न उनीहरुले पछि बिद्यार्थी भर्ना गराएको आन्दोनरत् अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयलाई राजनैतिक अखाडा बनाएको पूर्व शिक्षक गोसाई यादवले बताए । उनले विद्यालयलाई राजनैतिकबाट मुक्त गराउनु पर्नेमा जोड दिए । अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति पुर्नगठन नगरिए विद्यालयमा तालाबन्दीसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यालयको नवगठित पदाधिकारीहरुलाई बुधबार आयोजित एक कार्यक्रमका बीच पदस्थापना गरिएको थियो ।

वडा अध्यक्ष गुलाव प्रसाद सिंहको अध्यक्षतामा नवगठित समितिका अध्यक्ष अभय कुमार सिंह, नथुनी मण्डल, सदस्य दर्शन यादव, अरुण कुमार सिंह, महिला सदस्य उर्मिला देवी साह, शोभिता मण्डल, शिक्षक प्रतिनिधि संतोष सिंह, बाल क्लबबाट रिंकु कुमारी राउत, लखन मण्डल, सदस्य सचिव प्रधानाध्यापक बिपिन झा, वडा प्रतिनिधि गुलाव प्रसाद सिंहलाई पदास्थपना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]