११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

जनकपुरधाम – झण्डै तीन महिनाअघि महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाका २० वर्षीय विजय मण्डल र स्थानीय प्रिया कुमारी झाले भागी विवाह गरे ।

विजयका परिवारिक सदस्यका अनुसार दुबैजनाबीच स्कुल पढ्दैगर्दा प्रेम भएको थियो । विजय भागी विवाह गरेर कहाँ गएको बारे आफुहरु कसैलाई नबताएको उनका काका राम शकुल मण्डलले बताए । तर प्रहरीले उनीहरुलाई भेटाउन नसकेपछि उनका आमा लिलादेवी मण्डलमाथि नै अपहरण तथा शरिरबन्धक मुद्दा चलाइदिए ।

प्रिया नाबालिग रहेकाले विजय र उनका एकजना अर्का साथीमाथि समेत सोही मुद्दा परेको छ । उच्च जातको केटीलाई भगाएर लगेको भन्दै प्रियाकी आफन्त तथा परिवारले विजयको घरमै पसेर दिनहुँ हुलहुज्जत गर्दै विजयका आमालाई नै जेल पठाउने पटक पटक धम्की दिएका थिए र, आर्थिक तथा समाजिक रुपले सम्पन्न भएकै कारण प्रहरीलाई आर्थिक प्रलोभन दिई एकल बस्दै आएकी भाउजुमाथि मुद्दा चलाइएको राम शकुलले बताए ।

उनका अनुसार विपन्न परिवारकी विजयकी आमा लिलादेवी गाउँमा भाँडा मस्काएर गुजारा गर्दै आएकी थिइन् । उनको पक्षबाट बोल्ने र न्यायकालागि पहल गर्ने व्यक्ति समेत नहुँदा लिलादेवी अहिले पुर्वपक्षका लागि थुनामा छन् । ‘आफै भागेको र त्यसमा विजयको आमाको कुनै हात नरहेको भनी प्रियाले फेसबुक लाइभमार्फत जानकारी गराएकी थिइन्, राम सकुलले भने, ‘धेरै केटाकेटी भागेको घटना भएको छ तर भागेका केटाकेटी खोज्नुको सट्टा उनका आमालाई नै पक्रेर मुद्दा चलाएको कहीँकतै देखेको छैन् । उच्च जात, पावर र पैसा हुँदैमा गरिबमाथि अन्याय गर्न पाइन्छ ?’

तल्लो जात भन्दै ती किशोरीकी आफन्तले लिलालाई दुव्र्यवहार गर्दा पनि महोत्तरी प्रहरीले भने त्यस विरुद्ध मुद्दा दायर गरेन् । उल्टै कमजोर महिलालाई देखेर महोत्तरीका एसपीकै आदेशमा उनीमाथि अपहरण तथा शरिरबन्धक मुद्दा चलाइयो । तर महोत्तरीका एसपी आचार्यले उनीहरुलाई भगाउन अनुसन्धानमा लिलादेवीको समेत संलग्नता देखिएको दावी गरे ।

‘भागेर जाँदा आमाले पनि घरमा राख्यो । सर्लाही पठाउन उनको पनि भूमिका देखिन्छ । त्यसपछि उनीहरु भागेर कहाँ गए खोजी हुँदैछ,’ उनले भने । युवक युवती प्रेम परि भागेको घटनामा उनीहरुलाई खोजबिन गर्नुको साटो युवकको आमामाथि नै मुद्दा चलाइएपछि स्थानीयसँगै अधिकारकर्मीहरु चकित छन् । ‘पावर र पैसाको आडमा प्रहरीले एकदमै गरिब महिलामाथि ज्यादती गरेको छ ।

युवती नाबालिग छन् भने प्रहरीले युवकलाई पक्रिनु प¥यो नि । आमाको के दोष हुन्छ ? उनको आमालाई पक्रेर मुद्दा चलाउने र थुन्ने आजसम्म कहीँकतै दे्खिएको छैन्,’ रायले भनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]