१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – प्रहरीले जिउँदो सालक सहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घरभई काठमाडौ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र सोही ठाउँमा घरभई काठमाण्डौ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुर मगर रहेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।सालक बोकेर हिडिरहेको भन्ने सूचना आएपछि प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भिमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको उहाँले जानकारी दिनुभयो ।यूरिया मलको ५० केजीको बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक बोकेर हिडिरहेको अबस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुर बुझाएको छ ।

उनीहरुको साथबाट बिभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोवाईललगायतका बिभिन्न सामाग्रीहरु बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]