२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।

‘एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने, ‘यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन ओलीले आफ्ना सांसदहरुलाई निर्देशन समेत दिए । ‘यो त अहिले धेरै डिवेटेवल छ यस्तो प्रश्नमा अहिले हतारिनु पर्दैन’ ओलीको भनाइ छ ।

सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम जनताको हितका विरुद्ध एमालेले निर्णय गर्न नसक्ने पनि बताए । ‘हामी नेपाली जनता रुष्ट हुन्छन् भने हामी त्यसमा अघि बढ्दैन’ ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]