विराटनगर – विराटनगर – १५ हुनमानमन्दिर अगाडि सवारी दुर्घटनामा परि एक जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा भारत जोगनीका ३५ वर्षे कुन्दन साहको आज मृत्यु भएको हो ।
विराटनगरबाट रानीतर्फ जादै गरेको बिआर ३८ टि २१६४ नम्बरको मोटसाइकल अनयन्त्रित भएर दुर्घटनामा परेको थियो । मोटसाइकल दुर्घटना हुँदा सवारी चालक साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटसाइकलमा सवार जोगवनीका ३२ वर्षे अर्जुन सिंह गम्भिर घाइते भएका छन् । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।