२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

पोखरा -अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध पोखरामा सोमबार प्रदर्शन भएको छ। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिद चोकमा बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा शान्तिपूर्ण रुपमा धर्नामा बसेका हुन्।

संयुक्त देशभक्त मोर्चाको ब्यानरमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सिटीजन जुरी कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाको आयोजनामा प्रदर्शन भएको हो। राष्ट्रहितविपरीत एमसीसी संसदबाट पारित गरिने प्रपञ्च रचिएकोले त्यसलाई रोक्न धर्नामा बसेको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारीले बताए।

उनीहरुले एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा लिएर मौन धर्ना दिएका हुन्। नेपाल सरकार र अमेरिकाबीच भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने उनीहरुको माग छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]