१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी ।
पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा समेत त्यसको प्रस्ट चित्र देख्न सकिन्छ ।

डिजिटल भुक्तानीमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सबैभन्दा अगाडि छ । गएको असोजमा मात्रै कनेक्ट आईपीएसबाट ८८ अर्ब ९७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । कनेक्ट आईपीएसपछि भने मोबाइल बैंकिङ रहेको छ ।

जसमार्फत उक्त अवधिमा २८ अर्ब ८० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमको हिसावले मोबाइल वालेट भने तेस्रो स्थानमा देखिएको छ ।

असोजमा मोबाइल वालेटबाट कुल ९ अर्ब ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । कारोबार रकममा पछाडि देखिए पनि कारोबार संख्याको आधारमा भने मोबाइल वालेट नै सबैभन्दा अगाडि छ ।

पछिल्लो एक महिनाको अवधिमा विभिन्न वालेटहरुबाट एक करोड एक लाख ७५ हजार ९६२ वटा कारोबार भएका छन् । यस्तै इन्टरनेट बैंकिङबाट असोजमा ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]