०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ९–१३ मा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।

१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए ।काँग्रेसभित्र तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्  १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले रामचन्द्र पौडेल समूह रोज्ने संकेत देखाएपछि सिटौलाले पौडेललाई महामन्त्रीमा अगाडि सार्ने तयारी थालेको बुझिएको छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]