पर्सा – चोरी गर्न मनि ट्रान्सफरमा पुगेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्साको धाबिनी गाउँपालिका ४ लंगडी चोकमा रहेको मनि ट्रान्सफको छतमाथि अन्दाजी २२/२३ वर्षीय युवकको शव फला परेको हो । ति युवकको पहिचान खुल्न सकेका छैन । शव गन्हाइसकेको अवस्थामा आइतबार साँझ बरामद भएको थियो ।
घटना विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरी गर्न गएका कारण उनको करेन्ट लागेर मृत्यू भएको प्रहरीको अनुमान छ । तर यस विषयमा कुनै ठोस प्रमाण फेला पर्न सकेका छैन । छतमा लगेर हत्या पनि गरेको हुनसक्ने अनुमान रहेकाले सो दृष्टिकोणबाट पनि प्रहरी अनुसन्धान गरिरहेको छ । तर मृतक युवकको पहिचान नखुल्न अनुसन्धान नै प्रभावित बनेको छ ।
शव सडेर गन्हाउन थालेपछि त्यहाँका मानिसले थाहा पाएको थियो । माथि गएर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरी पुगेर कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि पठाएको छ ।