फाईल फोटो
कोभिड १९ को कारणले बन्द भएको मनकामना केबलकार सञ्चालन हुने भएको छ। आइतबार अर्थात् २० गतेदेखि सञ्चालन हुने भएको हो। केबलकार तथा रेष्टुरेन्टलगायतका सेवा यही आउँदो आइतबार भदौ २० गतेबाट सञ्चालन हुने मनकामना केवलकार कम्पनीले जानकारी दिएको हो।
कम्पनीले भनेको छ, ‘स्वास्थ सुरक्षा मापदण्डका साथ सञ्चालन हुने जानकारी गराउछौँ। मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोरखाको निर्णयअनुसार नै हुने समेत जानकारी गराउछौँ।’ साथै सम्पूर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु समेत कम्पनीले आग्रह गरेको छ।