०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ। 

कार्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिए। जुन खर्च ६.२९ प्रतिशत हुन आउँछ। चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपटबहादुर बोहराले बताए। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सरकारले ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो।चालु आर्थिक बर्ष २०७७-०७८ को पहिलो चौमासिकसम्म खर्चलाई गत आर्थिक बर्ष २०७६-०७७ को सोही अवधिमा खर्चसँग तुलना गर्दा खर्च रकमको आधारमा ६४.४५ प्रतिशतले बृद्धि भएको मन्त्री बोहोराले बताए। उनले चालु आर्थिक बर्षमा राजश्वको लक्ष्य ६७ करोड ७० लाख ३० हजार रहेकोमा आर्थिक बर्ष २०७७-०७८ को पहिलो चौमासिक अवधिसम्म ३१ करोड ९ लाख ६६ हजार राजश्व आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी दिए। जुन लक्ष्यको तुलनामा ४५.९३ प्रतिशत हुन आउँछ, जबकी २०७६-०७७ को सोही अवधिमा ३२.१२ प्रतिशत मात्र राजश्व संकलन भएको थियो। 

मन्त्री बोहराका अनुसार कोभिड १९ को महामारीका कारण प्रदेशमा भएको बन्दाबन्दीका कारण विभिन्न समस्याका बाबजुद पनि करको दायरा बढाएको कारण राजस्व संकलनमा बृद्धि हुन पुगेको हो। यसरी आर्थिक बर्ष २०७६-०७७को चालु आर्थिक बर्षको समिक्षा अवधिमा १३.८१ प्रतिशतले बढी राजश्व संकलन गर्न सफल भएको मन्त्री बोहराले जानकारी दिए।सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सभा सचिवालयको चालु आर्थिक बर्ष २०७७-०७८ को कुल बजेट  १९ करोड १० लाख ६४ हजार मध्ये ३ करोड ७२ लाख ८२ हजार (१९.५१ प्रतिशत) खर्च भएको र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कुल बजेट १ अर्ब ७८ करोड ९२ लाख ७७ हजारबाट २ करोड ३० लाख १ हजार (१.२९ प्रतिशत) बजेट खर्च भएको मन्त्रालयले जनाएको छ। यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १ अर्ब ६४ करोड २४ लाख ३० हजारबाट १ करोड ३२ लाख ६५ हजार (०.८१ प्रतिशत), उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको कुल बजेट २ अर्ब ७८ करोड १० लाख ९ हजारबाट २० करोड ७२ लाख ६३ हजार(७.४५ प्रतिशत) खर्च भएको छ। 

प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्ष २०७७-०७८ को कुल बजेट ३ अर्ब ३३ करोड ३१ लाख ३२ हजार मध्ये १४ करोड ३० लाख ८३ हजार (४.२९ प्रतिशत), आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल बजेट ४६ करोड ८६ लाख १ हजार मध्ये ४ करोड १६ लाख ५ हजार (८.८८ प्रतिशत) र भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट ११ अर्ब १० करोड ५३ लाख ३ हजार मध्ये ९१ करोड ५९ लाख ८५ हजार (८.२५ प्रतिशत) खर्च भएको जनाइएको छ।यस्तै सामाजिक विकास मन्त्रालयको कुल विनियोजित बजेटमध्ये ६ अर्ब ६२ करोड ६६ लाख ६३ हजारबाट ५३ करोड ५४ लाख ६६ हजार (८.०८ प्रतिशत) खर्च भएको छ। प्रदेश सरकारको वित्तिय व्यवस्थाको लागि छुट्याएको कुल बजेट ३० करोड र अर्थ विविधको लागि छुट्याएको ३ अर्ब ८८ लाख ६९ हजारबाट खर्च शून्य रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले वित्तिय हस्तान्तरण स्थानीय तहको लागि चालु आर्थिक बर्ष २०७७-०७८ मा कुल बजेट २ अर्ब १३ करोड ५० लाख छुटयाएको थियो जसमा १८ करोड १६ लाख ६७ हजार (८.५१ प्रतिशत) रुपैया खर्च भएको जनाएको छ। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]