१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – बालिकाको हत्यारालाई कडा कारबाही तथा प्रहरीको बल प्रयोगविरुद्ध निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि स्थानीयले प्रदर्शन जारी राखेका छन्।

६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई कडा कारबाही गर्दै स्थानीयले मंगलबारदेखि प्रदर्शन जारी राखेका हुन्।प्रदर्शनलाई नियन्त्रणमा लिन मंगलबार प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी संजय न्यौपानको बुधबार बिहान उपचारका क्रमममा ज्यान गएपछि आन्दोलन झन चर्किएको हो। प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका हुन्।उनीहरूले बालिकाको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, प्रहरी दमन अन्त्य गर्नुपर्ने, गोली चलाउने प्रहरी तथा गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।

त्यस्तै मृतक न्यौपानेलाई सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिसमेत दिन माग गरेका छन्।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालका अनुसार निषेधाज्ञा बिहीबार बिहान ६ बजेसम्म जारी रहनेछ।सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।

यसैबीच सर्वपक्षीय बैठक बसेर माग पूरा गर्नका लागि वार्ता टोलीसमेत बनेको छ। कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]