०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०७, २०७७

एजेन्सी,
कोरोना महामारीका कारण विश्वका अधिकांश मानिस घरभित्रै बसिरहेका बेला जर्मनीले भने अचम्मको नियम ल्याएको छ। पशु अधिकारका हकमा मैत्रीपूर्ण देखिएपनि कोरोना कहरमा थलिएका मानिसहरुलाई यो नियमले समस्यामा पार्नसक्छ। नियमअनुसार जर्मनीका मानिसहरुले पालेका कुकुरलाई दिनमा कम्तिमा एक घण्टा घरबाहिर डुलाउनुपर्नेछ। एकैपटक डुलाएर मात्र पुग्ने छैन, बरु दिनमा दुईपटक मालिकहरुले आफ्ना कुकुरलाई घरबाहिर निकाल्नुपर्नेछ।

सीएनएन अनुसार त्यहाँको संघीय कृषि र खाद्य मन्त्रालयले जारी गरेको प्रेष विज्ञप्तिअनुसार जीवकल्याण र कुकुर अनुगमन ऐनमा यसअघि नै घरपालुवा पशुहरुलाई खुला स्थानमा अभ्यास गराउनुपर्ने प्रावधान थियो। अहिले यसलाई कार्यान्वयनमा ल्याउन लागिएको हो। यो ऐनअनुसार अबदेखि कुकुरलाई केनलबाट बाहिर ल्याउनुपर्नेछ र दिनहुँ कम्तिमा एक घण्टा बाहिर डुलाउनुपर्नेछ। एक घण्टासम्म मानिसहरु आफ्ना कुकुरसँगै रहनुपर्नेछ। विभागीय मन्त्री जुलिया क्लोकनरले भनेकी छिन्, ‘पाल्तु जनावरको आवश्यकताबारे ध्यान राख्नुपर्छ, पर्याप्त व्यायाम गराउनुपर्छ र लामो समयसम्म एक्लै छाड्नु हुँदैन।’ ऐन कार्यान्वयन गर्न ल्याउन लागिएको विनियमावलीमा कुकुरलाई सार्वजनिक रुपमा देखाउन नपाइने पनि भनिएको छ।

यसको अर्थ मानिसहरुले आफ्नै जग्गामा कुकुर डुलाउनुपर्नेछ। केही खास विशेषता र अत्यधिक नश्ल भएका कुकुरमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हुने भएको यस्तो नियम लागु गर्न लागिएको त्यहाँको मन्त्रालयले जनाएको छ। कुकुरलाई सिक्रीले बाँध्न नपाइने र ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा ४ घण्टाभन्दा बढी समयसम्म राख्न नपाइने पनि नियममा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]