१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढेसँगै दोस्रो तहका नेताले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

अध्यक्ष प्रचण्डले पनि नेताहरुसँगको परामर्श तथा छलफललाई तीब्र बनाएका छन् ।केही दिन यता निरन्तर छलफल गर्दै आएका अध्यक्ष प्रचण्डले सोमबार स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग कुराकानी गरेका छन् । भेटमा उनले ओलीको राजनीतिक दस्ताबेज आएपछि व्यवस्थित छलफलको विधिबाट पार्टीलाई नयाँ उचाइमा एकताबद्ध बनाउन सकिने सम्भावना औँल्याएका छन् ।भेटपछि नेता गजुरेलले पार्टीलाई फुटबाट जोगाउनका लागि दुवै अध्यक्षको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताएको उल्लेख गरे ।

नेताहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको निर्णय नमानेका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेकपाको सचिवालय बैठक यही मंसिर १३ गते बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]