१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – हत्या सम्बन्धी मुद्दाको अभियोग लागेका फरार एक अभियुक्त आठ वर्षपछि कारागार चलान भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका-८ का २२ वर्षीय विद्यार्थी पंकज यादवलाई अपहरण गरी हत्या गरेर फरार रहेका अभियुक्त जिवछ अन्सारीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो । विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका-८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पंकज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा-१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेर फरार रहँदै आएका एकडारा गाउँपालिका-३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा-३ भिठ्ठामोडबाट मङ्सिर ३ गते प्रहरीले पक्राउ गरिएको थियो । पंकज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए ।

पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार-पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नहरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए ।महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको थियो । सोमबार उनलाई अदालतले कैद सजायका लागि जलेश्वर कारागारमा पठाएको छ ।

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा महोत्तरी जिल्ला अदालतमा अझै पनि मुल्तवी छन् भने २०५१ सालमा उनले झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको विरुद्ध २०६२ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पनि नागरिकता मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]