३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको पेरिस सेन्ट जर्मेन (पिएसजी) गत सिजन फाइनलमा बायर्न म्युनिखसँग पराजित भयो ।

कतार स्पोर्टर्स इभेष्टमेन्टले सन् २०११ मा स्वमित्व लिएपछि फ्रेन्च क्लबमा अत्याधिक लगानी भइरहेको छ ।नयाँ मालिकले अहिले सम्म १.२५४ विलियन युरो खर्च गर्दा टोली व्यापक परिवर्तन आएको छ भने फ्रान्समा एक क्षत्र राज गर्दै आएको छ । पछिल्लो ९ वर्षमा पिएसजीले ७ लिग वान उपाधि, ५ कोपे डि फ्रान्स उपाधि, ६ कोपे डि ला लिग उपाधि र ७ अर्को उपाधि जितिसकेको छ ।

२०११/०१२ को सिजनमा कतारी मालिकले पहिलो वर्ष १ सय ७.१ मिलियन खर्च गरेका थिए । जसमा ४२ मिलियन युरोमा नाभियर पेस्टोरे पनि थिए । अर्को सिजन १ सय ५१ मिलियन खर्च गरेको टोलीले थिएगो सिल्भालाई ४० मिलियन, लुकास मोउरा ३० मिलयन, इजिक्वेल लाभेजी तथा २१ मिलियनमा ज्लाटान इब्राहिमोभिच सँगै डेविड बेकह्यामलाई लोनमा भित्राएको थियो ।इडिन्सन काभानी, माक्विहोस, योान काबायका लागि १ सय ३५ .९ मिलयन खर्चेको पिएसजीले सोही वर्ष डेभिड लुइजका लागि ४९.५ मिलियन खर्च गरेको थियो । त्यस्तै २०१५/१६ मा १ सय १६.१ मिलयन र २०१६/०१७ मा १ सय ३४.५ मिलियन खर्चेको टोलीले सबैभन्दा बढी २०१७ मा खर्चेको थियो ।

बार्सिलोनाबाट नेयमारलाई भित्राउनका लागि मात्र टोलीले विश्व कीर्तिमानी रकम २ सय २२ मिलयन युरो लगानी गरेको थियो । अर्को वर्ष केलियन एमबाप्पेका लागि टोलीले १ सय ४५ मिलयन युरो खर्च गरेको थियो । गत सिजन टोलीले केलोर नाभा र पाब्लो साराबियासहितका लागि ९५ मिलियन लगानी गरेको थियो ।पूर्नसंरचना पछि केहि संस्करणमा चाडै बाहिरिएको पिएसजी अन्ततः च्याम्पियन्स लिगको फाइनल पुग्यो । तर उपाधि जित्न भने सकेन । १.२ विलियन युरो लगानी गरेको टोली अझैपनि खर्च खर्न पछि हट्ने देखिन्न ।

ट्रान्सफर बजारमा लियोनेल मेस्सीदेखि क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसको नाम पिएसजीसँग जोडिएको छ । के खर्च गरेर मात्र च्याम्पियन्स लिग जित्न पर्याप्त होला ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]