०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – रोल्पामा कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

रोल्पा नगरपालिका वडा नं. ५ छापाका २८ वर्षीय मोहन विकको कुटपिटबाट घाइते भएका स्थानीय ५६ वर्षीय भिमराज घर्तीको उपचारका क्रममा मृत्यु भएको हो। मंसिर ४ गते राति १० बजेको समयमा मदिरा सेवन गरी आपसमा भनाभन हुँदा बिकले घर्तीलाई कुटपिट गरेका थिए।

घाइते घर्तीलाई उपचारको लागि प्युठान जिल्लाको स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंसिर ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि मंसिर ७ गते बेलुका ५ बजे थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएकोमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।

घर्तीलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]