१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह ‘डि’ अन्तर्गत ईङल्याण्डले स्कटल्याण्डको सामना गर्दै छ भने चेक रिपब्लिक र क्रोएसिया भिड्दै छन्। त्यसैगरि समूह ‘ई’मा स्लोभाकिया र स्विडेन खेल्नेछन्।

ईङल्यण्डले स्कटल्याण्डलाई पराजित गरेमा दोस्रो चरणमा पुग्नेछ भने स्कटल्याण्डलाई दोस्रो चरणको यात्रा कठिन हुनेछ। ईङल्याण्डले पहिलो खेलमा क्रोएसियालाई १-० गोलले पराजित गरेर तीन अङ्क प्राप्त गरेको छ । उता चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोलले पराजित गर्दै तीन अङ्कका साथ समूहको पहिलो स्थानमा रहेको छ।ईङल्याण्ड र चेक दुवै विजयी भएमा दुवै टोली दोस्रो चरण प्रवेश गर्ने छन्। दोस्रो चरणमा प्रवेशका लागि समूहमा तेस्रो भए पनि चारवटा टोली दोस्रो चरणमा प्रवेश गर्न पाउने छन्। राम्रो प्रदर्शन गरेका ४ टोली दोस्रो चरण प्रवेश गर्ने छन्।

ईङल्याण्ड र स्कटल्याण्ड २५ वर्ष पछि ठुलो प्रतियोगितामा भिड्दै छन्। यसअघि १९९६को युरोको समूह चरणमा दुई टोलीको भेट भएको थियो। उक्त खेलमा ईङल्याण्ड २-० गोलले विजयी भएको थियो। उक्त खेलमा ईङल्यण्डका अहिलेका व्यवस्थापक गारेथ साउथगेट खेलाडीका रूपमा खेलेका थिए।क्रोएसिया र चेकबीच अहिलेसम्म भएका पछिल्ला तीन खेलहरूमा एक खेलमा क्रोएसिया विजयी भएको छ भने दुई खेल बराबरीमा टुङ्गिएको छ। क्रोएसिया ठुला प्रतियोगिताको समूह चरणका खेलहरूमा आफ्नो दोस्रो खेलमा पराजित भएको छैन।पछिल्लो समय क्रोएसियाको प्रदर्शन उल्लेखनीय छैन। पछिल्लो १४ खेलमा क्रोएसिया ८ खेलमा पराजित भएको छ भने चार खेलमा विजयी र दुई खेल बराबरीमा टुङ्गिएका छन्। उता चेक आफ्नो पछिल्लो १९ खेलमा एक खेलमा मात्र पराजित भएको छ। नौ खेलमा विजयी रहँदा नौ खेल बराबरीमा टुङ्गिएका छन्।

समूह ‘ई’मा स्लोभाकिया र स्विडेन खेल्नेछन्। पहिलो खेल जितेर तीन अङ्कका साथ स्लोभाकिया पहिलो स्थानमा रहेको छ भने स्विडेन र स्पेन एक-एक अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। स्विडेन र स्पेनले पहिलो खेल गोल रहित बारबार गरेका थिए। स्लोभाकियाले स्विडेनलाई पराजित गरेमा दोस्रो चरणमा प्रवेश निश्चित गर्नेछ।यी दुई टोली पछिल्लो समय अक्टोबर, २०१८मा खेलेकोमा नतिजा १-१को बराबरी रहेको थियो। अहिलेसम्म आफूबीच पाँच खेल खेलेका दुई टोलीमा स्विडेन अपराजित रहेको छ। दुई खेलमा विजयी रहेको स्विडेनले तीन खेल बराबरीमा टुङ्गाएको थियो। आ-आफ्ना पछिल्ला ६ खेलमा दुवै टोली अपराजित रहेका छन्।

शुक्रवार दुई खेल हुनेछन्। स्लोभाकिया र स्विडेनको खेल नेपाली समय अनुसार १८:४५ बजे हुनेछ भने क्रोएसिया र चेक रिपब्लिकको खेल २१:४५ बजे हुनेछ । त्यसैगरि शनिवार ००:४५ बजे इङल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]