१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

सप्तरी – राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई लोगो अर्थात प्रतीक चिह्न प्रदान गरेको छ ।

बोर्डले बुधबार दुग्ध विकास संस्थानका १५ वटा र निजी क्षेत्रका पाँचवटा सवारीसाधनका लागि लोगो प्रदान गरेको हो ।बन्द, हड्ताल तथा निषेधाज्ञाका क्रममा निर्वाध रूपमा दूध तथा दुग्धजन्य पदार्थ बोकेका सवारीसाधन चलाउन लोगो प्रदान गरिएको हो ।लकडाउन तथा बन्द हड्तालमा सवारीसाधनमा रोकटोक भएको गुनासो आएपछि बोर्डले लोगोको प्रावधान ल्याएको हो ।

गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउन र प्रशोधन गरी बिक्री केन्द्र हुँदै उपभोक्तासम्म पुर्याउन ढुवानीमा कुनै रोकावट नहोस् भनी लोगोको व्यवस्था गरेको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले बताउनु भयो ।लोगो अङ्कित सवारी साधन अत्यावश्यकीय सवारी साधनका रूपमा बिनाअवरोध सञ्चालन हुने विश्वास लिएको कृषि मन्त्रालय पशुतर्फका निमित्त सचिव निर्मलले बताउनुभयो ।

उहाँले लोगोको दुरुपयोग नहोस् भन्नेमा सचेत रहनुपर्ने र त्यसको अनुगमनसमेत हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]