१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

लहान – सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २१ गतेदेखि पटक पटक निषेधाज्ञाको म्याद थपिएको थियो ।

वैशाख २१ देखि लगाइएको निषेधाज्ञा जोखिम कायमै रहेको भन्दै १५ दिनका लागि थप भएको हो । अब असरा १५ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ । निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका सेवा भने बन्द रहने छन् ।

यस्तै खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ ।होटल व्यवसाय भने अनलाइन वा फोनबाट बुकिङ गरी होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि बिहान ९ बजदेखि दिउँसो १ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय तोकिएको छ ।

सिरहामा कोभिडको दोस्रो लहरमा हालसम्म एक हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ९५ जनाको मृत्यु भएको छ । ९३४ जना संक्रमित निको भएका छन् । सिरहामा हाल संक्रिय संक्रमितको संख्या ४१२ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]