०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

पार्टीको महाधिवेशन हुने कि नहुने अन्योलमा परेका सभापति देउवालाई पदाधिकारीले समसामयिक बिषयमा कमजोर हुँदै गएको, पार्टीले महाधिवेशन समेत गर्न नसक्ने हो कि भन्ने आशंका बढ्दै गएको भनी आलोचनात्मक सुझाव दिएपछि केन्द्रीय कार्यसमिति बोलाईएको एक केन्द्रीय सदस्यले बताए ।देशकै पुरानो राजनीतिक संगठन नेपाली कांग्रेस समयमै महाधिवेशन समेत आयोजना गर्न असमर्थ जस्तो देखिएको छ । पटक पटक सारिएको पूर्व निर्धारित मिति सरेर आगामी भदौलाई तोकिएको छ । भदौमा महाधिवेशन हुननसके कांग्रेसले संवैधानिक चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । समसामयिक राजनीतिक परिस्थितिले भदौमा पनि महाधिवेशन होला कि नहोला भन्ने आशंकाले कांग्रेसका नेता कार्यकर्तामा छटपटी देखिन्छ । सभापति देउवाले नेता कार्यकर्ताको चित्त बुझाउन महाधिवेशन पनि गर्न नसकेको कलंक बोक्न नचाहेको प्रष्टिकरण दिँदै आएका छन् ।

एकातिर महाधिवेशनको अनिश्चितता छ भने राष्ट्रिय राजनीतिमा पनि कांग्रेसको भूमिका र प्रभावकारिता दिनदिनै कमजोर हुँदै गएको भनेर पार्टी संगठनभित्र र आममानिसवीच आलोचना भैरहेको देखिन्छ । देउवाको वर्तमान नेतृत्वकालमा नेपाली कांग्रेस इतिहासमै यति कमजोर र प्रभावहीन बनेको टिकाटिप्पणी हुने गरेको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक निर्णयहरुमा कांग्रेसको उपस्थिति नै महसुस हुननसकेको सर्वसाधारणमा समेत चर्चा सुनिन्छ । लोकतन्त्रको पर्याय मानिएको कांग्रेस पछिल्ला दिनहरुमा आफ्नो मार्गबाट विचलित हुँदै गएको र सत्ताको निमित्त आफ्नो मूल्यमान्यतालाई नै बिर्सँदै गएको भनी कांग्रेस आलोचित हुन थालेको छ । यही असार ३ गते बिहीबार बस्ने बैठकमा महाधिवेशन नै मुख्य एजेन्डा हुने भएको बुझिएको छ । कांग्रेसका कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका छुन् ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने छ । कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]