१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

भोजपुरी सुपरस्टार खेसारी लाल यादव विरुद्ध मुम्बईमा उजुरी दर्ता भएको छ । महिलालाई लिएर अश्लील गीत बनाएको आरोप उनलाई लागेको छ । उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ ।

‘सनातन सेवा फाउन्डेशन’का प्रमुख श्री सरजीत सिंहले बिहीबार उनी विरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भनिएको छ ‘खेसारी लाल यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र भिडियो बनाएका छन् ।’उनको हालै रिलिज भएको गीत ‘चाची के बच्ची सपनवा मे आती है’ पनि उल्लेख गर्दै सुरजितले भने ‘यो गीतले समाजमा महिलाको सम्मानमा ठेस पुगेको छ ।’ उजुरीमा स्क्रिन सट समेत प्रमाणको रुपमा राखेर कडा कारबाहीको माग गरिएकोछ ।

यस अगाडि पनि खेसारी बिरुद्ध लखनउ, उत्तर प्रदेशमा केस दर्ता भएको थियो । मार्च २०२१ मा फिल्म निर्देशक राजकुमार पाण्डेले उनलाई धम्की र अभद्र व्यवहारको आरोप लगाएका थिए । यादवले सामाजिक संजालमा निर्देशकका लागि अपमानजनक टिप्पणी र धम्की दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]