२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ।

अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी छन्। उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताइन्।

उनले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको बताइन्।क्षेत्रीय देशसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गर्न सहकार्य गरिरहेको छ। अष्ट्रेलिया र नेपालको लामो समयदेखि बिपद्का समयमा सहकार्य गर्ने ईतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्ने उनले बताइन्।

आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् । यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]