२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाभित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएको छ । असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिनुभएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायत व्यवस्थापकीय काम हुने भएको छ । यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]